नेकपा सप्तरीका सदस्य महतोलाई मातृ शोक
२५ आश्विन २०७७, आईतवार १९:२९
राजविराज । नेकपा सप्तरीका सदस्य तथा किसान महासंध प्रदेश २का ईन्चार्य हरि नारायण महतोलाई मातृ शोक परेका छन ।
रुपनी गाउँपालिका –१ रायपुरका प्रदेश ईन्चार्य महतोको आमा देवो देवी महतो शनिवार रातीको समयमा निधन भएको हो । ७० वर्षिय आमा १५ वर्षदेखि पक्षपात रोगवाट ग्रसीत रहेको मृतक महतोकी जेठो छोरा हरि नारायणले वताए ।
जेठो छोरा हरि नारायणले आईतवार मृतक आमाको पार्थिव शरीरमा स्थानिय खाडौं नदीको आर्यधाटमा दाहसंस्कार गरिएको छ । सो दाहसंस्कारमा नेकपाका नेता ,कार्यकर्ता,सञ्चारकर्मी,कानुन ब्यवसायी लगायत स्थानियबासीको सहभागीता रहेको थियो । मृतकका दुई छोरा, दुई छोरी रहेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया