रुपनी गापा एक हप्ताका लागि बन्द,मालपोतमा कोरोना भेटिएपछि कामकाज प्रभावित
२५ आश्विन २०७७, आईतवार १९:१७
राजविराज । कोरोनाको त्रासका कारण रुपनी गाउँपालिका कार्यालयवाट प्रवाह हुने सेवा आजदेखि लागु हुने गरी एक हप्ताका लागि वन्द गरिएको ।
जनप्रतिनिधि, कार्यालयका कर्मचारी र उनीहरुका आफन्तमा भटाभट देखिएकोले कोरोना संक्रमणका कारण रुपनी गाउँपालिकाको कामकाज प्रभावित भएको गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिनुभयो ।
आज मात्र अपरेटर र कार्यालय सहयोगी गरी २ जना कर्मचारीलाई संक्रमण पुष्टि भएको भन्दै अगामी एक हप्ताका लागि यस रुपनी गाउँपालिकाबाट हुने कामकाज बन्द गरिएको गाउँपालिका अध्यक्ष यादवले बताउनुभयो ।
यसैगरी ४ नम्वर वडाध्यक्ष, वडा सदस्य र कार्यालय सहयोगीलाई पनि संक्रमण देखिएपछि वडा कार्यालयहरुबाट प्रवहा हुने कामकाज वन्द गरिएको उहाँले बताउनुभयो ।
कोरोना संक्रमणको जोखिम कम गर्न कार्यालय बाट हुने कामकाज बन्द गरिएको बताउदै गत विहिवार मात्रै गाउँपालिकामा कार्यरत ३३ वर्षिय ईन्जिनियरको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिनुभयो ।
मुटु सम्वन्धि समस्याका कारण उपचार गराउन उनी काठमाण्डौं पुगेका वेला कोरोना संक्रमण पुष्टि भएको थियो । उनी उपचारका लागि काठमाण्डौ मेडिकल कलेजमा भर्ना भएका थिए । सोही क्रममा ईन्जिनियरको मृतयु भएको थियो ।
यस्तै भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका ४ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्मचारीहरुलाई रुघाखोकी र ज्वरो देखिएपछि असोज १० गते मालपोत फाँटका १० जना कर्मचारीको स्वाव परिक्षण गरिएको थियो ।
उनीहरु मध्ये ४ जनालाई आज कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।
२ जना नायव सुब्वा, १ जना खरिदार र १ जना कम्प्युटर अपरेटरलाई संक्रमण पुष्टि भएको सुचना अधिकारी शिवहरी पोखरेलले जानकारी दिनुभयो ।
कर्मचारी विरामी परेपछि गत वुधवारदेखि नै कार्यालयको कामकाज वन्द गरिएको थियो ।
संक्रमण पुष्टि भएपछि कामकाज अmभै केहि दिन वन्द हुन सक्ने सुचना अधिकारी पोखरेलले बताउनुभयो । आवश्यक समन्वय गरेर सोमवार सुचना जारी गरिने उहाँले वताउनुभयो ।
लामो समयको लकडाउन खुलेसँगै संचालनमा आएको भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीमा सेवाग्राहीको अध्याधिक भिड हुने गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया