काठमाडौं उपत्यकामा थप २,५,४० जनामा कोारेना संक्रमण पुष्टि
२२ आश्विन २०७७, बिहीबार २०:००
काठमाडौं। काठमाडौं उपत्यकामा थप २ हजार ५ सय ४० जनामा कोारेना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ५४० जना सङ्क्रमित थपिएका हुन् । मन्त्रालयले काठमाडौंमा दुई हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ मा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
देशमा थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका चार हजार ३६४ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्मा सो सङ्क्रमित थपिएसँगै देशमा ९८ हजार ६१७ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । हाल २६ हजार सात जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २ हजार ६७५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको बताएको छ । हालसम्म ७१ हजार ३४३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया