धरानमा थप एक कोरोना संक्रमितको मृत्यु – Nagarikabhiyan : National News

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

इनरुवा, । सुनसरीको धरान उपमहानगरपालिकामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान १० का ३९ वर्षीय पुरूष रहेको बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता डा. डा.आशिष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार असोज १२ गते कोरोना संक्रमण पुष्टि भएर १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका ती युवाको विहीबार बिहान ४ः ३० मा मृत्यु भएको हो ।

मृतकमा कलेजो र मृगैलामा समस्य रहनुका साथै विगतमा क्षयरोग प्रतिष्ठानले जनाएको छ । उता विहीबारै धरान उपमहानगरपालिकाका ४८ जना संक्रमित थपिएका छन् । यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८ सय ८६ पुगेको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार थपिएका संक्रमितहरू सबै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब संकलन गराउनेहरू रहेका छन् ।