इनरुवा ५ मा पूर्वधार निर्माणको नाममा करौडोको अनियतिमताको आरोप, छानविनको माग – Nagarikabhiyan : National News

इनरुवा ५ मा पूर्वधार निर्माणको नाममा करौडोको अनियतिमताको आरोप, छानविनको माग

सुनसरीको इनरुवा नगरपालिका वडा नं. ५ पुर्वाधार विकास तर्फका दुई दर्जन काममा अनियमितता भएको आरोप बाहिर आएको छ । स्थानीयहरुका अनुसार कमल मार्गको बाटो आर.सी.सी. ढलान कार्य, आदर्श मार्गको बाटो दुबैतिर कालोपत्रे गर्ने कार्य, श्रेष्ठ टोल र मण्डल टोल जोड्ने बाटो कालोपत्रे गर्ने कार्य, लालु मण्डलको घरजाने बाकी बाटोमा टाएल बिच्छाउने कार्यm थिरा न्यौपानेको घरजाने बाँकी बाटोमा टाएल बिच्छाउने कार्य, शान्ती टोलको अधुरो बाटो आर. सी. सी. ढलान गर्ने, वडा कार्यालय भवन माथिल्लो तला थप गर्ने र मेघराज न्यौपानेको घरजाने बाटो कालोपत्रे गर्ने, किशान मार्ग हरी पोखरेलको घर जाने बाटो कालोपत्रे गर्ने सहितका काममा अनियमितता र अधुरा काम भएको आरोप बाहिर आएको छ । वडा अध्यक्ष अन्जनी पोखरेलले काम भन्दा कुरा बढी गरेको भन्दै विभिन्न बाटोहरु माटो पुरी ग्राभेल गर्ने तथा फुटकर बाटाहरु मर्मत सम्भारको काममा पनि अनियमितता गरेको आरोप वडाबासीले लगाएका छन् । वडा कार्यालयबाट थारु टोल जोड्ने बाटो रेखाङ्कन गर्ने, सिंचाइको लागि वोरिंग जडान गर्ने कार्य,जेष्ठ नागरीक मेलमिलाप केन्द्र स्थापना, युवाहरुको लागी ब्यायामशाला संचालन,सनातन संस्कृती पाठशाला फर्नीचर ब्यबस्थापन तथा रंगरोकन,बालबिकाश केन्द्रहरुको स्तरोन्नती,वडा कार्यालय जाने बाटो निर्माण, चरा संग्रहालय जाने बाटो निर्माण, वडामा पोलबत्ती ब्यबस्थापन तथा पोलबत्तीको लागी तार बिस्तार,खानेपानि बिकाश अन्तर्गत खानेपानि पाइपलाइन विस्तार, वाईफाई मर्मत नविकरण तथा सि.सि. क्यामेरा जडान तथा मर्मत, वडा कार्यालयको लागि फनिर्चर तथा अन्य सामग्री खरिद सहितका एक करोड ७१ लाख रुपियाँको खर्च विवरण विलभरपाई सहित सार्वजनिक गर्न बडाबासीले माग गरेका छन् । त्यसैगरी वडामा खानेपानि बिकाश अन्तर्गत कलधारा वितरण, सिलाइ कटाई मेसिन खरिद तथा सिलाई बुनाई कक्षा ब्यबस्थापन,स्वास्थ ब्यबस्थापन, आधारभुत स्वास्थ केन्द्र संचालन तथा स्वयंसेविका ब्यबस्थापन,फोहोर मैला ब्यबस्थान, सिटि सफारि मर्मत र कर्मचारी ब्यबस्थापन, बालबालिका,महिला, अपाङ्ग, दलित पिछडा बर्ग तथा जनजाती कार्यक्रम, कला संस्कृतीक पर्वहरुको संरक्षण, अति विपन्न बिमा कार्यक्रम र खेलकुद सामाग्री वितरण समेत गरी जम्मा १९ लाख रुपियाँको पनि हिसाव किताव सार्वजनि गर्न माग गरेका छन् । वडामा धेरै काम कागजी बिल मिलाएर खाएको कारणले जनतासामु आउन वडा अध्यक्ष पोखरेल डराएको वडाबासीको गुनासो छ । स्थानीय खुबलाल चौधरीले वडामा विकास भन्दा भ्रष्टाचार बढेको र प्रतिपक्षी पनि चुप बसेकाले समस्या भएको बताउनुभयो । उता इनरुवा ५ नम्बर वडामा मसलन्द तथा कार्यालय सामाग्री खरिदमा दुई लाख ५० हजार रुपियाँ, धारा, बिद्युत, संचार महशुल ९४ हजार, पत्रपत्रिका छपाई तथा सुचना प्रकाशन खर्च ३६ हजार, अन्य कार्यालय संचालन खर्च एक लाख ७० हजार बिबिध खर्च दुई लाख ५० हजार रुपियाँ, इन्धन पदाधिकारी एक लाख रुपियाँ, इन्धन कार्यालय प्रयोजन ५० हजार रुपियाँ, मेसिनरी तथा औजार मर्मत सम्भार तथा संचालन खर्च ५० हजार रुपियाँ सहित १० लाख रुपियाँको अधिकाश कागज मिलाएर खाएको आरोप वडाबासीको छ ।
कार्यालय समयसम्म बस्दैन कर्मचारी
सुनसरी जिल्लाको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका अधिकाशं कर्मचारीहरु कार्यालयमा नबसेको फेला परेको छ । इनरुवा नगरपालिकाको कार्यालय सहित १० वटै वडा कार्यालय र मातहतका कार्यालयहरुमा सत्य संसारले गरेको अनुमगन छड्ने क्रममा अधिकाशं कर्मचारीहरु कार्यालय समयसम्म नबसेको फेला परेको छ । ९ बबियामा कर्मचारीहरु समयसम्म कार्यालयमा नबसेको फेला परेको छ । इनरुवाको १० वटा वडा मध्ये इनरुवा ९ बबियाका वडा सचिव मुना बराल सहित सहायक कर्मचारीहरु र जनप्रतिनिधि समेत नागरिकलाई उपेक्षा गर्ने गरि समयसम्म कार्यालयमा नबसेको फेला परेको हो । देशमा संघीय संरचनामा विभाजन भएको ७५३ स्थानीय तहमा एउटा इनरुवा नगरपालिका पनि एक हो । यो नागरमा साविकको १० नम्बरसम्मलाई ५ वटा र बाकी ६ नम्बर वडा साविक मधेसा गाविस, ७ नम्बर वडा चानदबेला गाविस, ८ नम्बर वडा डुम्राहाको केही भाग, ९ नम्बर वडा साविक बबिया गाविस र १० नम्बर वडा साविक जल्पापुर गाविसको पुरै भाग मिलाएर बनेको छ । यस मध्येको धेरै जनसंख्या भएको वडा इनरुवा ९ भए जस्तै धेरै भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता र गैरजिम्मेबारी पनि उस्तै छ ।
सोमबार दिउसो गरिएको सत्य संसार छड्केमा वडा कार्यालयमा सहयोगी बाहेक कोही पनि भेटिएन ।
इनरुवा नगरपालिकामा सुशासनको बाधकमा पहिलो पात्र जनप्रतिनिधिहरु रहेको स्थानीयहरुले गुनासो गरेका छन् । दोस्रोमा पािलकामा प्रमुख प्रशासकिय अधिकृत र तेस्रोमा लेखा अधिकृत रहेका छन् । त्यसका सथै क्रमशः वडा अध्यक्ष , वडा सचिव देखिएका छन् । उनीहरु मध्ये अपवादमा बाहेक सबै काममा भन्दा कुरा र कागजमा ध्यान बढी दिएका छन् । इनरुवामा व्यापक रुपमा आर्थिक अनियमितता र भ्रष्टाचार बढेको गुनासो आएपनि त्यसबारेमा खासै प्रतिकृया र निष्पक्ष भएको देखाउन अभ्याससम्म गरेको छैन् । इनरुवामा भ्रष्टाचार बढेपछि सुशासनको अभाव देखिएको छ । स्थानीय तहलाई गाउँघरको सरकारको रुपमा चित्रण गरिए पनि त्यसको व्यवहारीक कार्यान्वयन इनरुवामा फितलो रहेको छ ।
एता ऐन कानुनको कार्यान्वयनमा फितलो र जवाफदेहिताको अभावले सुशासन कायम हुन नसकेको हो । जनप्रतिनीधिहरु आएको साढे चार वर्षमा जती विकास, सुशासन र सदाचार कायम हुनुपर्ने हो , त्यो हुन सकेको छैन् । यतीसम्म कि स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने स्थानीय कानुन निर्माण, ऐन, कार्याविधि समेत निर्माणमा चुकेको छ भने योजना, नीति तथा कार्यक्रम र बजेट समेत अपादरर्शि रुपमा राखेको छ । अव कि असार १० गते नगर सभा गरेर आर्थिक वर्षको सुरुमै रातो किताव र सोही कितावको पूर्ण अंश आफ्नो वेवसाईटमा राख्नुपर्ने हो । त्यो इनरुवाबासीले पाउन सकेन । अन्तिम वर्षमा पनि केही सुधार होला की भनेर धेरै नागरिकले आश गरेका थिए । तर जिम्मेबार निकायका पदाधिकारी नै गैरजिम्मेबार भएकाले कर तिर्ने, नेताको भाषण सुन्ने, बढाएको कर तिर्ने बाहेकको अनुभुती नागरिकले पाउन सकेको छैन् । हेला केही नेताहरुमा अनुभवको अभाव, कानुनी ज्ञानको अभाव, जनता प्रति अनउत्तरदायी प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत र कागज मिलाएर भ्रष्टाचार गर्ने लेखापाल तथा लेखा अधिकृत, कर्मचारीहरुको कारण सुशासनमा अभाव देखिएको छ ।
यसैबीच सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका अधिकांश वडामा कार्यालय समयसम्म कर्मचारी र जनप्रतिनिधिहरु नबसेका कारणले नागरिकलाई सास्ती बढेको छ । कर तिरेर र रसीद काटेर पनि समयमा वडा सचिव र कर्मचारी तथा वडा अध्यक्ष सहित जनप्रतिनिधिहरु कार्यालय समयसम्म नबसेका कारणले नागरिकलाई सास्ती बढेको हो । इनरुवाका प्रमुख प्रशासकिय अधिकृत सहित आफै कार्यालयमा नियमित नबस्दा जनप्रतिनिधिहरु नबसेका कारणले नागरिकलाई सास्ती बढेको गुनासो बाहिर आएको छ । सदरमुकाम इनरुवा सहित जिल्लाका स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरू कार्यालयमा नबस्ने गरेको पाइएको छ । कर्मचारीहरूले कार्यालय समयसम्म कार्यालयमा बसेर काम गर्नुपर्नेमा हाजिर गरेर जाने गरेको पाइएको हो । आईतबार दिउँसो ३ बजेको समयमा सुनसरीको देवानगञ्ज गाउँपालिकाको कार्यालय पुग्दा १६ जनामध्ये ४ जना कर्मचारीमात्र भेटिए । केहीले हाजिर गरेकोमा दिउँसो ३ बजे ४ जना कर्मचारी मात्रै उपस्थित थिए । कार्यालय समयमा सञ्चारकर्मी पुग्दा एक कर्मचारी र एउटा कार्यालय सहयोगीमात्र उपस्थित थिए । उनीहरू चियागफमा मस्त थिए । आर्थिक वर्षको अन्तिम र निर्वाचनको मुखमा आएकाले कार्यालयमा खासै कर्मचारीहरू समयभन्दा पहिले नै हिँड्ने गरेको उनीहरूले बताएका छन । जिल्लाका अधिकांश स्थानीय तहका कर्मचारीहरू हाजिर गरेर जाने गरेका छन् भने जनप्रतिनिधिहरूले विभिन्न सङ्घ(संस्था वा राजनीतिक दलको कार्यक्रममा रिबन काट्ने र भाषण गरेरै दिन बिताउने गरेका छन् । सेवा लिन कार्यालय धाउने सेवाग्राहीहरू गाउँपालिका अध्यक्षदेखि वडाअध्यक्षसम्म कार्यालयमा नबस्दा त्यतिकै फर्किने गरेका छन् ।