अनावश्यक अफुवा फैलाउने माथि कार्वाहीको माग
२० आश्विन २०७७, मंगलवार १७:०७
इनरुवा । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले गाउँपालिकाको काम कार्वाहीमा असर पार्ने र आफनो ब्यक्तिगत नाम जोडेर सामाजिक सञ्जालमा फैलाइएको अनावश्यक अफुवाको पछि नलाग्न आग्रह गुर्नभएको छ ।
अन्सारीले नेपाल सरकारको निर्माणाधिन हुलाकी मार्गमा रहेको अतिक्रमित संरचनाहरु हटाउन र खाली गराउन गाउँपालिकालाई अनुरोध भई आएकोले सोही अनुसार अपिल गरिएकोमा त्यसलाई अन्यथा रुप दिन खोजेकोमा आफनो ध्यानाकर्षण भएको बताउनुभएको छ ।
यता सोमवार हरिनगर गाउँपलिका कार्यपालिकाको बैठकले पनि सो बिषयमा अध्यक्षलाई ब्यक्तिगत रुपमा लक्षित गरी सामाजिक सञ्जालबाट लगाइएको आक्षेप र हिलो छाप्ने कार्य भइरहेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बैठकले उक्त कार्यको भत्र्सना गर्दै यस्तो कार्य गर्ने गराउने उपर कानुनी कार्वाहीको प्रक्रिया अघि बढाइदिन तालुक निकाय समक्ष अनुरोध समेत गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया