धरानमा फेरी एक कोरोना संक्रमितको मृत्यु
२० आश्विन २०७७, मंगलवार १६:४९
इनरुवा । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा धरानका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोनाले मृत्यु हुनेमा धरान उपमहानगरपालिका वडा नम्बर ३ का ६४ वर्षीय पुरूष रहको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो । डा. श्रेषठका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि मृतक पुरूष असोज १२ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।
उहाँको मंगलबार विहान ४:२० बजे उपचारको क्रममा मृत्यु भएको हो । मृतक पुरूष मधुमेहका दिर्घरोगी रहको सह–प्रवक्ता डा. श्रेष्ठले जानकारी दिनभुयो । धरानमा मर्नेको संख्या १० पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया