गुगल दैनिकका प्रकाशकमा कोरोना – Nagarikabhiyan : National News

गुगल दैनिकका प्रकाशकमा कोरोना

इनरुवा, असोज १७ गते । सुनसरी कार्यक्षेत्र बनाई विभिन्न मिडियामा कार्यरत्त आठ जना पत्रकार कोरोना संक्रमित भएका छन् । दुई महिनामा आठ पत्रकार कोरोना संक्रमित भएका हुन् । पच्छिलो पटक रेडियो नेपालका सुनसरी समाचारदाता दुहवी नगरपालिका ६ निवासी पत्रकार आषिश यादवलाई पनि कोरोना संक्रमण पुष्टि भएसगैं संक्रमित पत्रकारको संख्या आठ पुगेको हो । गुगल दैनिकका प्रकाशक तथा सम्पादक यादवले शुक्रबार स्वाव दिएकोमा सनिबार आएको रिर्पोटमा कोरोना पुष्टी भएको छ । यादवले गोरखापत्रकर्मीलाई फोनमा आफूलाई कोरोना संक्रमण पुष्टी भएको जानकारी दिनुभयो । यादवमा कोरोना पुष्टि भएसँगै सुनसरीमा हाल कोरोना संक्रमित पत्रकारको संख्या ८ पुगेको नेपाल पत्रकार महासंघका सुनसरी अध्यक्ष अमर खड्काले जानकारी दिनुभयो । महासंघका प्रदेश १ सदस्य जयकृष्ण यादवले सबै संक्रमितलाई स्वास्थ्य लाभको कामना गर्नुभएको छ । यस अघि चन्दन रौनियार सहित दुई पत्रकार कोरोना मुक्त भईसकेका छन् भने लक्षण रहित ६ जान आईसोलेसन र होम आईसोलेसनमा रहनुभएको छ ।