निलम्बीत वडा अध्यक्ष साहलाई पूनरबाहाली गर्नुपर्ने माग – Nagarikabhiyan : National News

निलम्बीत वडा अध्यक्ष साहलाई पूनरबाहाली गर्नुपर्ने माग

सुनसरीको कोशी गाउँपालिका वडा नंम्बर २ का कार्यवाहक वडा अध्यक्ष द्रोपति देवी साहलाई माघ ११ गते निलम्बीत गरिएकोमा स्थानीयहरुले तत्काल साहलाई पूनरबाहाली गर्नुपर्ने माग गरेका छन् । निलम्बीत वडा अध्यक्ष साहले कुनै पनि अनियमितता नगरेको र केही पारिबारिक सदस्यहरुले गरेको कम्जोरी समेत सच्याइएको र बाकी रकम समेत पीडितहरुलाई तथा लाभग्राहीलाई निएकाले पूनरबाहाली गर्नुपर्ने वडाबासीले माग गरेका छन् । बडाका महिलाहरुले निलम्बीत वडा अध्यक्ष साहको बारेमा छानविन गर्न गठन भएको छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, कम्जोरी भएको भए आत्मआलोचना सहित र नगरको भए स्वतः वहाँलाई पदमा पूनरबाहाली गर्नुपर्ने माग अघि सारेका छन् । सयौंको संख्यामा महिलाहरुले अधिकारमा बस्ने व्यक्तीबाट नभई अन्यबाट नै कम्जोरी भएको र त्यसको पूर्ण त सुधार भएको अवस्था भएकाले निलम्बन फुकुवा गर्नुपर्ने माग स्थानीय शान्ती यादवले गर्नुभयो । अर्का स्थानीय राजेश यादवले पनि वडा अध्यक्ष साहलाई पूनरबाहाली गर्नुपर्ने माग गर्नुभएको छ । साहका परिवारका कोही सदस्यले पालोपैचौको रकम लिएको र पछि मिलेर हरहिसाब फरफारक गरेकाले निलम्बीत वडा अध्यक्ष साहलाई पूनरबाहाली गर्नुपर्ने माग गर्नुभयो । माग ११ गतेदेखी साहलाई वडा अध्यक्षको जिम्मेवारीबाट निलम्बन गरिएको थियो । कोशी गाँउपालिका २ का वडाअध्यक्षको मृत्यु भएपछि कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका उनी निर्वाचित वडा सदस्य हुन । कोशी गाउपालिका वडा नं. २ मा कोभिड १९ महामारीबाट अति प्रभावितलाई नगद हस्तान्तरणका लागी नामवलि सिफारिश गर्दा र सुरक्षित नागरिक आवास कार्यक्रमको लागी अनुदान रकम भुक्तानी लगायत विषयमा अनियमितता भएको स्थानियको उजुरीमा उल्लेखित बिषयको निष्पक्ष छानविन गर्नका लागी हाल वडा अध्यक्षको पदबाट निलम्वन गरिएको गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र गिरीद्धारा जारी प्रेस विज्ञप्ती उल्लेख गरिएको थियो ।
त्यसबेला गिरीद्धारा जारी विज्ञप्ती अनुसार सो वडामा भएको अनियमितता र साह माथि छानविन गर्न कोशी गाउँपालिका १ का वडाअध्यक्ष राजकुमार साहको संयोजकत्वमा नागरिक समाजको तर्फबाट ब्रम्हदेव यादव र सामाजिक विकास शाखाका प्रमुख राजकिशोर मेहता सहितको तीन सदस्य छानबिन समिति गठन गरीएको थियो ।