सुनसरी खोलाको बाढीले भोक्राहा डुबानमा
९ आश्विन २०७७, शुक्रबार १४:४६
भोक्राहा । सुनसरी खोलामा आएको बाढी कारण सुनसरी खोला तथा नदीको तटीय क्षेत्र डुबानमा परेको छ । खोलाको तटिय क्षेत्रमा रहेको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको केही वडा डुबानमा परेको छ । खोलाका पानीको बहाव बढेको र सतह बढेर गाउँमा गरेकाले डुबानमा परेको हो ।
गाउँपालिकाको नदी तटीय क्षेत्रको भोक्रहा नरसिंहको वडा नम्बर ८, ७ र ५ का बस्तीका घरमा पानी पसेपछि सयौ परिवार प्रभावित बनेका छन । खोलाको पानी वडा नम्बर ५ को बाबा पेपर मिल, टपरासहित वडा नम्बर ७ को तटीय क्षेत्रका बस्तीमा पसेको हो । विगत पाँच दिनदेखि भईरहेको वर्षाको कारण यो क्षेत्रकै सप्तकोशी नदीपछिको नदी सुनसरी खोलाको पानी खतराको तहभन्दा माथि पुगेको छ ।
खोलाको बाढी नरसिंहमा पस्दा यहाँका स्थानीय जनताहरु रातभर बाढीको त्रासका कारण जाग्राम बस्न बाध्य भएको स्थानीयहरुले बताएका छन । बर्षेनी यस क्षेत्रका स्थानीयहरु सुनसरी खोलाको बाढीबाट प्रभावित बन्ने गरेको भएपनि अहिलेसम्म पनि खोलाको पानी नियन्त्रणको लागि तटवन्ध निर्माण लगायतका उपायका विषयमा स्थानीय सरकारसहित कुनै पनि सरकारले चासो नदेखाउँदा उनीहरु वर्षमा एकपटक सुकुम्बासी झै घर छाडेर अग्लो स्थानको खोजीमा निस्कनु पर्ने अवस्थामा पुग्ने गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया