प्रहरी प्रशासनद्वारा बल प्रयोग गरी दुव्र्यवहार गरेकोप्रति काँग्रेसको भर्त्सना
६ आश्विन २०७७, मंगलवार १८:२६
काठमाडौं । प्रहरी प्रशासनद्वारा बल प्रयोग गरी दुव्र्यवहार गरेकोमा नेपाली काँग्रेसले आपती जनाएको छ ।
काँग्रेस संसदीय दलले पार्टीको जिल्ला कार्यसमिति गुल्मीले सोमबार स्थानीय मुद्दाका बारेमा जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण रुपले ज्ञापन पत्र बुझाउने क्रममा प्रहरी प्रशासनद्वारा बल प्रयोग गरी दुव्र्यवहार गरेको जनाउँदै सो घटनाको भर्त्सना गरेको छ ।
दलका प्रमुख सचेतक बालकृष्ण खाणले आज एक विज्ञप्तिमार्फत कोरोना भाइरस सङ्क्रमणको संवेदनशीललाई मध्यनजर गर्दैै सतर्कताका साथ जिप्रका पुगेका जिल्ला पार्टी सभापति लगायत नेताकार्यकर्ताहरुलाई प्रवेशमा नै रोक लगाउनु र शान्तिपूर्ण रुपले ज्ञापन पत्र बुझाउन नदिनु स्थानीय प्रशासनको नियतमै खोट देखिएको भनिएको छ ।
विज्ञप्तिमा “प्रहरी प्रशासनको दमनमा परी काँग्रेसका जिल्ला पार्टी सभापति भुवन श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण के।सी। लगायतका साथीहरु घाइते भएका छन् । जिल्ला नेतृत्व माथि नै सांघातिक आक्रमण हुनु अत्यन्त आपत्तिजनक र निन्दनीय विषय हो, यसको काँग्रेस संसदीय दल विरोध गर्दछ । उक्त घटनामा घाइते हुनु भएका सम्पूर्ण साथीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं” उल्लेख छ । नेपालपानाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया