कोशी २ मा कार्यवहाक अध्यक्षमा साह – Nagarikabhiyan : National News

कोशी २ मा कार्यवहाक अध्यक्षमा साह

सुनसरीको कोशी गाउँपालिका वडा नम्बर २ मा रित्त रहेको वडा अध्यक्षको जिम्मेवारी एक जना वडा सदस्यलाई दिएको छ । भदौ ४ गते वडा अध्यक्ष हिरालाल यादवको निधन भएपछि रित्त रहेको वडा अध्यक्षमा वडा सदस्य द्रोपती साहलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिएको हो । महिला सदस्य साहलाई गाउँकार्यपालिकाको सहमतिमा कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिइएको छ । मंगलबार कोशी ३ का वडा अध्यक्ष सुलेमान मन्सुरीको प्रमुख आथित्यिता र रामचरण यादवको अध्यक्षतामा कार्यवाहक वडा अध्यक्षको रुपमा साहले पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण कार्यक्रममा कोशी १ का वडा अध्यक्ष राजु साह, २ का वडा सदस्य सजावति राम, समाजसेवी रामासिश यादव, जनता समाजवादी पार्टीका अमरलाल यादव, प्रधानाध्यापक गगा प्रसाद यादव, समाजसेवी भोला उराव, नेपाली कांग्रेसका नेता सम्भु साह सहितको उपस्थिति रहेको थियो ।