डुम्राहामा गुणस्तरहिन ढलको काम भएको आरोप
२५ भाद्र २०७७, बिहीबार १७:०५
इनरुवा । सुनसरी सदरमुाम इनरुवा नगरपालिका ८ डुम्राहामा ढलको काममा अनियमितता र गुणस्तहिन भएको गुनासो बाहिर आएको छ ।
इनरुवा ८ डुम्राहा कशंमडानका स्थानीयहरुले मदरसा जाने बाटोमा ५० मिटर ढल निकास सहितको निर्माणको काम गर्नुपर्नेमा आशिंक मात्रै काम गरेको र गरेको काममा समेत गुणस्तर नरहेको स्थानीयहरुले गुनासो गरेका छन् ।
करिव ५० परिवारको बसोबास रहेको क्षेत्रमा वडा सदस्य गफार मियाँले आफूखुसी आफ्नो नजिकका व्यक्तिलाई समितिमा राखेर आशिंक मात्रै काम गरेको र सम्पन्न गरेको काममा समेत गुणस्तर नरहेको स्थानीय समिम मियाँले गुनासो गर्नुभयो ।
स्थानीयले स्टिमेट माग्दा नदिएको, बास्तविक उपभोक्तालाई थाहा नदिई आफूखुसी गरेको, तीन लाख रुपियाँ बजेट रहेकोमा वर्षाको बाहाना देखाएर आशिंक मात्रै काम गरेको र केही गरेको काम गुणस्तरहिन रहेको गुनासो गरेका छन् । स्टिमेट देखाउनुपर्ने, बाकी काम सम्पन्न गर्नुपर्ने र भएको कममा
गुणस्तरियतामा ध्यान दिनुपर्ने स्थानीयहरुले माग गरेका छन् । कशंमडानका कमरुदिन मियाँ, कैयुम हुसेन, रजाक हुसेन, अफताव हुसेन, समिम अख्तर, मजरुद्धिन हुसेन, हजरत हुसेन, हफिज मियाँ सहितकाले काममा गुणस्तर र स्टिमेट सार्वजनिक गर्न माग गर्दै आन्दोलनको चेतावनी दिएका छन् । काम समयमा नगरेकाले विगतमा भएको बाटो समेतमा आउजाउ गर्न समस्या भएको स्थानीय रुविना खातुनले गुनासो गर्नुभयो ।
वडा सदस्य गफार मियाँले भने वर्षको कारण र पेश्की समेत नगरपालिकाले नदिएकाले आशिंक मात्रै काम गरेको स्विकार गर्नुहुदै भएको काममा गुणस्तर रहेको दावी गर्नुभयो । वहाँले स्थानीयहरुले गुनासो गरेको विषयमा सत्यता भएपनि वर्षाले काममा समस्या भएको र बाकी काम छिट्टै सम्पन्न पर्ने प्रतिवद्धता जनाउनुभयो ।
वहाँले अनियमितता भने नभएको र विकासको काममा अवरोध गर्ने तत्व हावी भएको समेत जिकिर गर्नुभयो । वडा अध्यक्ष रविन्द्र मण्डलले मदरसा जाने बाटोको काम अन्तिम चरणमा पुगेपनि प्राविधिकले आशिंक मात्रै काम गरेको भन्दै प्रतिवेदन दिएकाले कुनैपनि भुक्तानी भने नभएको प्रतिकृया दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया