किसान आन्दोलनमा , इनरुवामा किसानद्धारा प्रदर्शन
२२ पुष २०७८, बिहीबार १७:३९
सुनसरी सदरमुकाम इनरुवामा किसानले विभिन्न माग सहित प्रदर्शन गरेका छन् । सयौंको संख्यामा किसानले आफ्ना विभिन्न मागलाई सम्बोधन गर्न माग गर्दै इनरुवाको विहीबारे हाटदेखी बजारसम्म प्रदर्शन गरेका हुन् । समयमा मलको आपुर्ती, किसान कार्टको व्यवस्था, किसान परिचय पत्र सहितका माग राखेर आन्दोनलमा उत्रेका किसान मुसहरु साहले बताउनुभएको छ । विहीबार किसान तथा युवाहरुको एक समूहले आफूलाई किसान एकता समाज नेपाल नाम दिँदै प्रदर्शन सहति सिकान आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।
किसानले फसलको उचित मूल्य निर्धारण गर्नुपर्ने, किसान पेन्सनको व्यवस्था गर्नुपर्ने, बालीनालि स्वत बिमा गर्ने, किसान कार्डको व्यवस्था गर्ने, किसानमाथि लगाइएका मुद्दा खारेज गर्ने, गिरफ्तार आन्दोलनकारीलाई रिहा गर्नुपर्ने, उखु किसानका भुक्तानी समयमै गर्ने, किसानका माग सम्बोधन गर्न उच्च स्तरीय समिति गठन गर्ने, समयमा नै मलखाद र बिउबिजन व्यवस्था गर्ने, सिँचाईको व्यवस्था गर्ने, नत्र सिँचाई विजुली निशूल्क गनेृ, लगायतका माग राखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया