नेपाल निजामती कर्मचारी संगठन सुनसरीको ११ औं जिल्ला अधिवेशनको उद्घाटन सत्र सम्पन्न
१७ पुष २०७८, शनिबार १७:३९
सुनसरी सदरमुकाम इनरुवामा नेपाल निजामती कर्मचारी संगठन सुनसरीको ११ औं जिल्ला अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । राष्ट्रिय अधिवेशन गर्ने तयारीमा रहेकोमा सुनसरीमा पनि जिल्ला अधिवेशन भएको संगठनका कृष्ण नेपालले जानकारी दिनुभयो ।
सनिबार आयोजित उद्घाटन कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय कार्यसमिति अध्यक्ष केदार देवकोटाले देशको सबै कर्मचारीको हकहित गर्ने संगठन नै भएकाले सबैलाई गोलबन्ध हुन आग्रह गर्नुभयो । वहाँले आठौं बैठकले ११ औं राष्ट्रिय अधिवेशन आगामी माघ ७ र ८ गते काठमाडौंमा गर्ने जानकारी दिदैं त्यसमा गुटउपगुट भन्दा कर्मचारीको हकहित र देश अनि जनतालाई केन्द्रमा राखेर एकिकृत हुन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाले अधिवेशनको निर्णय भएको बेला केही समय अघि माइन्युट बुक, छाप र लेटर प्याड चोरी भएको र अहिले अधिवेशनको तयारीमा रहेकाले जिल्लाजिल्लामा सार्थक काम भएको बताउनुभयो ।
उहाँले अधिवेशनको केही साथीहरूले नै एउटा खेमा लगेर हिनेको भने पनि केही व्यक्ति मात्रै गएकाले उनीहरुको पछी नलाग्न आग्रह गर्नुभयो । वहाँले संगठनमा आफू आधिकारीक भएकाले अन्य भ्रममा नपर्न आग्रह गर्नुभयो ।
अध्यक्ष देवकोटाले भन्नुभयो, ‘नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको १० औं राष्ट्रिय अधिवेशन २०७३ साल मंसिर २७ गतेदेखि २९ सम्म नेपालगञ्जमा भएको थियो, त्यसले बनाएको केन्द्रीय अध्यक्ष म केदार देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला,उपाध्यक्ष भवानी दाहाल लगायतको १३९ जनाको टिम, विभिन्न आयोगहरू समेत गरेर १३९ जनाको टिम अहिले विद्यमान अवस्थामा रहेको छ, त्यो आठौं बैठकले संगठनको राष्ट्रिय अधिवेशन गर्ने भनेर २०७८ साल माघको ७ र ८ गते काठमाडौंमा सम्पन्न गर्ने भनेर निर्णय गरेको छ, यसको कार्यकाल ३ वर्षको हुन्छ, २०७३ साल मंसिरमा निर्वाचित भएको अध्यक्ष म, अहिले झन्डै ५ वर्षको नजिक पुग्न लागें, तीन वर्षभित्रै अधिवेशन सम्पन्न गर्नुपर्नेमा कोभिड लगायतका विभिन्न कारणबाट गर्न सकिएन, अब अधिवेशन गर्नुपर्छ, यो महिनामा जिल्ला अधिवेशन, मन्त्रालय भित्रका विभागीय अधिवेशनहरू सम्पन्न गर्ने काम भईरहेको छ ।’

कार्यक्रम जिनेश्वर मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको उद्घाटन सत्रमा नेकपा एमालेको केन्द्रिय सदस्य मञ्जु भण्डारी, जिल्ला अध्यक्ष खेमराज पोखरेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रवेव यादव, देवानगञ्जका प्रमुख प्रशासकिय अधिकृत चुडामणी गुरागाई लगायतको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया