चिकित्सकसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश अस्पताल बन्द
११ भाद्र २०७७, बिहीबार १६:११
सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सकसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ ।
उपचारमा खटिँदै आएका चिकित्सकलाई कोरोना संक्रमण भएपछि एक हप्ताका लागि अस्पतालको ओपीडी सेवा बन्द गरिएको अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले बताए ।
अस्पतालका अनुसार दुईजना कन्सल्ट्यान्ट, ४ जना मेडिकल अधिकृत र एकजना स्वाथ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।
अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई कोरोनाको संक्रमण हुन नदिनका लागि सतर्कता अपनाउनुपर्ने भएकाले आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा. खड्काले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया