बालिका बलात्कार आरोपमा गिरफतार
८ भाद्र २०७७, सोमबार १८:११
इनरुवा । मोरङ घर भएकी १६ बर्षीया बालिकालाई बलात्कार गर्ने एक व्यक्तिलाई सुनसरी प्रहरीले भदौ ७ गते गिरफतार गरेको छ । सुनसरीको भोक्राहा नरसिँह गाउँपालिका – ४ स्थायी घर भई रामधुनी नगरपालिका–५ झुम्का बस्दैं आएका ४६ बर्षीय मोहमद ईर्साद आलमलाई प्रहरीले पक्राउ गरेको हो ।
आलमले गत साउन २६ गते धरान–१८ स्थित एक होटल ललाई फकाई ल्याई जवरजस्ती करणी गरेको आरोप लागेको छ । ती बालिकाकी आमाले आइतबार दिएको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले भदौं ७ गते पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पकलीसँग समन्वय गरी प्रतिबादी मोहमद ईर्साद आलमलाई भदौ ८ गते सुनसरी जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्धाको अनुसन्धानका लागि म्याद थप गरि अनुसन्धान शुरु गरिएको इप्रका धरानका प्रहरी निरीक्षक(इन्स्पेक्टर) हेमराज ओलीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया