सुनसरीमा १९ जनामा कोरोना संक्रमण पुष्टी
८ भाद्र २०७७, सोमबार १८:०२
इनरुवा । सुनसरीको विभिन्न गाउँपालिका र नगरपालिकामा १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नयाँ १९ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सुनसरीको गढीमा ३ महिला ३ पुरुष, दुहबीमा ३ पुरुष, बर्जुमा ४ महिला १ पुरुष, धरानमा २ महिला १ पुरुष, इटहरीमा १ महिला १ को रिपोर्ट पोजेटिभ आएको छ । उता सुनसरीमा थप एक जानको कोरोनाको कारणले मृत्यु भएको छ । धरानका एक जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । उता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि आएका ८ जना बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार आइसियुमा उपचाररत १ जना, मेडिसिन वार्डमा उपचाररत ३ जना, सर्जरीमा उपचाररत १ जना र कोभिड १९ अस्पतालमा कोरोना आशङ्का गरी भर्ना भएका ३ जना बिरामी गरी ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
उनीहरू मध्ये १ जना प्रदेश १ को मोरङका पुरुष रहेका छन् भने अरू सबै प्रदेश २ को सिराहाका ३ जना, सप्तरीका ३ जना र धनुषाका १ जना रहेको र उनीहरूको उमेर समूह २० वर्ष देखि ८० वर्षका सबै पुरुष रहेको प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठले जानकारी दिनुभयो । कोरोना संक्रमित सबै बिरामीलाई कोभिड अस्पतालमा सारी सकिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया