नैतिक शिक्षा र पठन संस्कृतिको अभाव ः यादव
१० पुष २०७८, शनिबार १६:०८
प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जयराम यादवले नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गएकोमा चित्ता व्यक्त गर्नुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा सनिबार राधा सुवेदीको मुकक्त युग फेरिन देउँको विमोचन कार्यक्रमलाई सम्बोधान गर्नुहुदै यादवले विद्यालयमा नैतिक शिक्षा र नागरिकमा साहित्य पठन संस्कृति हराउँदै गएको बताउनुभएको हो । मन्त्रीय यादवले नैतिक आचरणका संस्कारहरु विद्यार्थीले विर्सदै गएकाले नैतिक शिक्षा आवश्यक रहेकोमा जोड दिनुभयो । सामुदायिक विद्यालयहरुहरु नैतिक शिक्षाको शुरुवात गर्ने बेला भएको उहाँको भनाई छ ।
विकास र समृद्धिका लागि साहियत्यको विकास पनि आवश्यक रहेको बताउनुभयो । वहाँले सुवेदीको युग फेरिन देउँ मुक्तकको केही लाईन बाचन गरेर सामाजिक विकृति र सुशासनको पक्षमा व्यग्य गर्न खोलेकोले प्रसंशा गर्नुभयो । कार्यक्रमलाई संवोधन गर्दै मन्त्री यादवले आधुनिकताका नाममा विद्यार्थीहरुले आफ्नो मौलिक संस्कार विर्सदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । ‘विकास मात्र हैन, नैतिक शिक्षा पनि आवश्यक छ,’ उहाँले भन्नुभयो । साहित्यको क्षेत्रबाट पनि समाजमा रहेका लुकेका र दबाएका सवालहरु समेत बाहिर ल्याउने काम भएकाले त्यसबाट सरोकारबाला निकायलाई दबाव समेत पुग्ने भएकाले स्रष्टाहरु प्रति आभार प्रकट गर्नुभयो । वहाँले साहित्य क्षेत्रको विकास र उत्थानका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । यादवले सामाजिक सञ्जाल र फेसबुक, इमेल , इन्टरनेट लगायतका प्रविधिका कारणले विधार्थीहरुमा पढ्ने भन्दा त्यतातिर बढी ध्यान गएको र साहित्यकारहरुले लेखेका पुस्तकहरु समेत पढ्ने पाठक अभाव रहेकाले त्यसमा सुधार आवश्यक रहेकोमा जोड दिनुभयो ।
मन्त्री यादवले साहित्यकारको प्रोत्साहनका लागि सुवेदीको १० थान पुस्तक मञ्चबाटै खरिद गर्नुभयो । यादवले साहत्यिकारहरुको पीडा आफूलाई थाहा भएको भन्दै तत्काल आफ्नो व्यक्तिगत र पार्टी कार्यालयका लागि पुस्तक खरिद गरेको उल्लेख गर्नुभयो ।
सोही कार्यक्रममा विषेश अथिति साहित्यकार दधिराज सुवेदीले समेत साहित्य क्षेत्रमा लागेकाहरुले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । वहाँले लेखक बन्नका लागि मात्रै लेख्ने भन्दा निरन्तर रुपमा सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र मौलिकतालाई उजागर गनुपर्ने बताउनुभयो । त्यसैगरी साहित्यकार विवश पोखरेलले साहित्यमा पठन संस्कृति हराउदै गएकाले त्यसमा विद्यालयस्तरबाटै नै पठक संस्कृतिको वकालत गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा साहित्यकार भरत गुरागाई, रमेन्द्र कोईराला, छविनाथ रिजाल, लिलानाथ सिलवाल, जिवनाथ पोखरेल सहितकाले युग फेरिन देउँ मुक्तकको बारेमा चर्चा गर्नुभएको थियो ।

१, सुनसरी सदरमुकाम इनरुवामा सनिबार राधा सुवेदीको मुक्तक युग फेरिन देउँको विमोचन कार्यक्रमलाई सम्बोधान गर्नुहुदै प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादव । तस्विर ः जयकृष्ण यादव । इनरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया