सुनसरीको कोशी गापाका एक वडा अध्यक्षको निधन – Nagarikabhiyan : National News

सुनसरीको कोशी गापाका एक वडा अध्यक्षको निधन

इनरुवा । सुनसरीको कोशी गाउँपालिका २ पश्चिमकुशाहाका वडा अध्यक्ष हिरालाल यादवको निधन भएको छ ।

मुटु रोगबाट पीडित वडा अध्यक्ष यादवको उपचारको क्रममा निधन भएको पारिवारीक श्रोतले जनाएको छ । केही दिन देखी उपचाररत्त यादवलाई भारतको अस्पतालमा थप उपचारका लागि लान सल्लाह दिएको र लाने तयारी गर्दा सनिबार दिउसो ५५ वर्षको उमेरमा निधन भएको यादवका भतिजो ब्रहमदेव यादवले जानकारी दिनुभयो ।

वडा अध्यक्ष यादव २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेंसका तर्फबाट निर्वाचित हुनुभएको थियो ।