पोखरीमा डुबेर एक बाललको मृत्यु
३२ श्रावण २०७७, आईतवार १६:२३
विराटनगर । विराटनगर १४ स्थित रानी पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका १५ स्थित भट्टा चौक बस्दै आएका अन्दाजी १८ वर्षीय विसाल चौधरी रहेको खुल्न आएको छ । उनको आज विहान पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको हो ।
विहान ०८ः३० बजेको समयमा ६ जना साथी सहित नुहाउन भन्दै पौडी खेल्न गएका उनको थाकेर पानीमा डुबेको साथी ओम प्रकाश साहले जानकारी दिए ।
पानीमा डुबेको चौधरीको भण्डै दुई घण्टाको लामो खोजतालस पछि शव फेला परेको सशस्त्र प्रहरीबल ३ नम्बर कंकालिनी गणका प्रहरी निरिक्षक कमल अधिकारीले बताउनुभयो । उनको कमाण्डमा विपद व्यवस्थापनमा तालिम प्राप्त ९ जनाको टोलीले खोजतलाश गरी शव फेला पारेका थिए ।
मृत चौधरी भारतको बिहार जिल्ला भागलपुरको रहेको र सानो उमेरदेखी विराटनगर १५ स्थित मामा रमेश चौधरीको घरमा बस्दै आएको खुलेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया