लैंगिक हिंसाविरुद्ध मौन र्याली प्रदर्शन
२२ मंसिर २०७८, बुधबार १८:३०
विराटनगर । नेपाल महिला एकता समाज विराटनगरले लैंगिक हिंसाविरुद्ध मौन ¥याली प्रदर्शनको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत समाजले आज विराटनगरस्थित महेन्द्र चौक वरीपरी मौन ¥याली प्रदर्शन गरेको हो । लैंगिक हिंसा विरुद्धको अभियानलाई गाउँ–गाउँमा पु¥याउन सके लैंगिक हिंसा अन्त्य गर्न सकिने संस्थाकी अध्यक्ष लक्ष्मी खड्काले बताइन् । उनले सरकारले मात्रै अभियान सञ्चालन गर्दैमा लैंगिक हिंसा अन्त्य गर्न कठिनाई हुने भएकाले सरकारलाई सहयोग गर्ने उद्देश्यले सांकेतिक रुपमा मौन ¥याली प्रदर्शन गरेकोे बताइन् । ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ सरकार र विभिन्न सामाजिक संघ–संस्था लगायतको सहभागितामा देशभरि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत हरेक दिन विभिन्न कार्यक्रम भइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया