राहत वितरण विषयमा धरान उपमहानगरद्धारा सासदसंग छलफल
५ बैशाख २०७७, शुक्रबार ११:११
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाले जिल्लामै पहिलो पटक कोरोना नियन्त्रणमा गरेको प्रयास तथा राहत वितरण र संकलन तथा पारदर्शीताका बारेमा जिल्लाका प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यहरूसँग छलफल गरेको छ ।
एक नम्बर प्रदेश सभामुख प्रदीप भण्डारी, प्रतिनिधि सभा सदस्य जयकुमार राई, मीन विश्वकर्मा, प्रदेश सभा सदस्यहरू भीम आचार्य सावित्रि श्रेष्ठ, उमिता बराईली, चन्द्रप्रसाद श्रेष्ठलगायतको उपस्थितिमा कोरोना नियन्त्रणका लागि उपमहानगरले हालसम्म गरेको कामबारे उपमहानगरका प्रमुख तिलक राई र उपमेयर मन्जु भण्डारीले जानकारी गराउनुभयो ।
धरान उपमहानपालिकाको तर्फबाट कोरोना भाईरस नियन्त्रणका लागि आइसोलेसन तथा क्वारेन्टाइनको निर्माण तथा नगर भित्र अन्य देशबाट आएकाहरूको पहिचान र उनीहरूको स्वास्थ्य अवस्थाका बारेमा छलफल भएको प्रमुख राईले बताउनुभयो ।
उपमहानगरले उनीहरूबाट सुझावसमेत लिएको थियो । यस अघि बिहीबार उपमहानगरले कोरोना भाइरसको रोकथाम, नियन्त्रण, उपचारका साथै राहत संकलन तथा बितरणमा गरेको कामहरु जानकारी गराउदै प्रदेश सरकारलाई प्रगति प्रतिवेदन पेश गरेको थियो ।
छलफलका क्रममा सांसदहरुले धरान उपमहानगरले गरेको काममा सन्तुष्टी जनाएको धरानका प्रमुख राईले जानकारी दिनुभयो । राईले भन्नुभयो ’लकडाउन लम्बिन सक्ने भन्दै मान्य ज्युहरुले अब आउने समयमा पनि व्यवस्थापनमा अहिले बाटै सोच्नु पर्नेबारे सचेत गराउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया