मोरङ व्यापार संघ अर्थमन्त्रालयको आर्थिक सल्लाहकार – Nagarikabhiyan : National News

मोरङ व्यापार संघ अर्थमन्त्रालयको आर्थिक सल्लाहकार

विराटनगर । मुलुककै जेठो व्यापारिक तथा औद्योगिक संस्था मोरङ व्यापार संघ अर्थ मन्त्रालयको सल्लाहकार भएको छ ।
विराटनगर आएका अर्थमन्त्री जनार्दन शर्माले संघले योगदानको उच्च मूल्यांकन गरेर मन्त्रालयको आर्थिक सल्लाहकार बनाएको बताए । “म मोरङ व्यापार संघलाई आर्थिक सल्लाहकारको संस्था घोषणा गर्छु,” अर्थमन्त्री शर्माले भने, “यससँग जोडिएका उद्योगीहरुको सल्लाहमा म र अर्थ मन्त्रालय अघि बढछ ।”

नेपालको औद्योगिक र व्यवसायिक क्षेत्रमा संघको महत्वपूर्ण योगदान रहेको छ । शुक्रबार ६५ औं वार्षिक साधारणसभा गरेको संघको स्थापना २००८ सालमा भएको थियो । संघलाई अर्थमन्त्रालयको सल्लाहकारमा मनोनित गरेकोमा खुसी लागेको अध्यक्ष प्रकाश मुन्दडाले बताए । “मुलुकको आर्थिक विकास र समृद्धिमा मोरङ व्यापार संघ सल्लाहकार मात्रै होइन सरकारका हरेक गतिविधिमा सँगै अघि बढ्न तयार छ,” अध्यक्ष मुन्दडाले भने ।