बाबुराम भट्टराईलाई मन पर्यो कमल थापाको ‘आक्रोशपूर्ण मार्मिक’ अभिव्यक्ति – Nagarikabhiyan : National News

बाबुराम भट्टराईलाई मन पर्यो कमल थापाको ‘आक्रोशपूर्ण मार्मिक’ अभिव्यक्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा हारेपछि आइतवार विहान कमल थापाले एक आक्रोशपूर्ण अभिव्यक्ति दिए ।

पूर्व राजा ज्ञानेन्द्रले नै आफूलाई हराएको भन्दै उनले आक्रोशित भावमा स्टाटस लेखेका छन् । उनले भनेका छन्, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु………..मैले राहत र उन्मुक्ति पाएको छु, सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो। सो एजेन्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’

उनले थप लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना। प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु। Congrats @GBBShah. Thank you मैले राहत र उन्मुक्ति पाएको छु’

थापाको यस्तो अभिव्यक्ति पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भने निकै मन परेछ ।

भट्टराईले थापाको स्टाटस आफ्नो ट्विटरमा सेयर गर्दै ‘रोचक र मार्मिक’ लागेको बताएका छन्।