कमल थापा पराजित भए पनि उनका परिवारका दुई सदस्य विजयी – Nagarikabhiyan : National News

कमल थापा पराजित भए पनि उनका परिवारका दुई सदस्य विजयी

काठमाडौं

राप्रपा एकता महाधिवेशनमा कमल थापा पराजित भए पनि उनका परिवारका दुई जना सदस्य भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

अध्यक्ष थापाकी कान्छी छोरी प्रतिष्ठा थापा, र भतिजा अभिषेक थापा केन्द्रीय समिति सदस्यमा विजयी भएका हुन् ।

छोरी प्रतिष्ठाले १ हजार ५३० मत ल्याउँदा कमलका भाइ गणेशका छोरा अभिषेकले १ हजार ३२७ मत ल्याएर विजयी भएका हुन् ।