प्रदेश १ का उच्चपदाधिकारीसहित परिवारका तीनजनामा कोरोना पुष्टि
१९ श्रावण २०७७, सोमबार १०:३२
विराटनगर । प्रदेश १ सरकारका उच्च ओहोदाका एक पदाधिकारीसहित उनको परिवारका तीनजनामा कोरोना पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार ती उच्च ओहोदाका व्यक्तिसहित उनकी पत्नी र छोरामा समेत कोरोना पुष्टि भएको जनाइएको छ ।
प्रदेश १ मा कोरोना संक्रमित भएका मध्ये उच्च ओहोदामा रहेका व्यक्तिमा पहिलो पटक संक्रमण पुष्टि भएको हो । सरकारका उच्च ओहोदाका व्यक्ति भएकालेसरकारका अन्य उच्च तहका पदाधिकारी र कर्मचारीहरु उनीसँग सम्पर्कमा पुगेकोले सवैजना सहज भएको मन्त्रालय श्रोतले जनाएको छ । उद्घोष दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया