पर्यटक क्षेत्र शम्भुनाथमा एक महिने मेला सुनसान – Nagarikabhiyan : National News

पर्यटक क्षेत्र शम्भुनाथमा एक महिने मेला सुनसान

सप्तरी । विश्वभर फैलिएको कोरोना भाईरसका कारण सप्तरीको पर्यटक क्षेकका रुपमा मानिएको शम्भुनाथ मंदिरमा लाग्ने एक महिने मेला सुनसान देखिएको छ । नयाँ वर्ष २०७७ मा लाग्ने उक्त मेला स्थगित गरिएपछि सुनसान देखिएको हो ।

कोरोना भाइरसको प्रभावलाई नियन्त्रण गर्न नेपाल सरकारले देशभर लागू गरेको लकडाउनका कारण मेला स्थागित गरिएको शम्भुनाथ नगरपालिकाका नगरप्रमुख योगेन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो ।

नयाँ बर्ष शुरु भएसँगै सप्तरी जिल्लाको पर्यटक क्षेत्र शम्भुनाथ मन्दिरमा बैशाख १ गतेबाट यहाँ एक महिनै मेला लाग्ने गरेको छ ।

पुर्व–पश्मि राजमार्ग संगै जोडिएको शम्ुभनाथ नगरपालिकाको दक्षिण साईडमा अबस्थित उक्त पर्यटकको सम्भावना बोकैका शम्भुनाथ मन्दिर परिसरमा दर्शन गर्ने दर्शनार्थीहरुको मन्दिरमा लाखौको संख्यामा भिड लाग्ने गरेको थियो ।

तर सरकारले कोरोना भाइरसका कारण समाजिक दुरी कायम गर्न र लकडाउन गरेपछि सबै जना अहिले घरमै बसेका छन । सबै जना घरमै बसेका हुनाले समेत शम्भुनाथमा लाग्ने मेला सुनसान भएको नगरप्रमुख चौधरीले बताउनुभयो ।

अहिले शमभुनाथको मंदिर दर्शन गर्न मानिसहरु समेत जान छाडेपछि सुनसान देखिएको हो । साथै वैशाखमा लाग्ने एक महिने मेला पनि स्थागित भएपछि पुर्णरुपमा सुनसान रहेको स्थानिय ब्रहमदेव यादवले बताउनुभयो ।

त्यहाँ भिडभाड हुने भएकाले नेपाल सरकारले कोरोना भाइरस नियन्त्रण गर्न अह्वान गरेको लकडाउनलाई र समाजिक दुरीको पालना गर्दे शम्भुनाथको मंदिरमा लाग्ने मेला स्थागित गरिएको नगरप्रमुख चौधरीले बताउनुभयो ।

प्रत्येक बर्ष वैशाख १ गते देखि लाग्ने मेला वैशासको अन्तिम महिनासम्म यहाँ मेला लाग्ने गर्दछ ।

मेला हेर्न नेपालका मोरङ,सुनसरी,सिरहा,सप्तरी ,धनुसा र बिहार राज्यको सुपोल जिल्लाबाट लाखोको संख्यामा आउने गर्दथ्यो । तर लकडाउनका कारण अहिले शम्भुनाथका मेला सुनसान देखिएको छ ।

यहाँ मन्दिर भित्र रहेको कालो पत्थरको शिवलिङ्गलाई भक्तजनहरुले पुजा आजा गरिन्छ ।

एक फिटभन्दा पनि कम आकारमा भेटिएको उक्त शिवलिङ्गको लम्बाइ अहिले चार फिट भन्दा बढी पुगेको छ ।

सप्तरी जिल्लामा १५ औं शताव्दीमा चन्द्रकेतु नामका राजा थिए ।

यिनै राजाले वर्तमान सप्तरी जिल्लाको उत्तर पुर्वमा राजमार्ग नजिक पर्ने धर्मपुर गाउँ देखि करिव ५ किलोमिटर उत्तरमा पर्ने चुरे पर्वतमाथि उनका कुलदेवी चन्द्रभागा भगवतीको स्थापना गरेको थियो भन्ने विश्वास गरिन्छ ।

उक्त मन्दिरको भग्नावशेष यद्यपि छादैछ । यसै मन्दिरको एउटा स्तम्भलाई शम्भुनाथ भनी पूजा गर्ने चलन छ ।

कसैलाई चर्मरोग भएको अवस्थामा त्यहाँ भाकल गरेपछि आफैं चर्मरोग हराएर जाने गरेको जनविश्वास रहेको स्थानियबासीको भनाई छ ।

विश्वव्यापी माहामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणको प्रभावका कारण यस वर्ष २०७७ साल बैशाखमा सप्तरी जिल्लामा आयोजना हुने मेलाहरु स्थगित गरिएको छ ।

यस्तै नयाँ बर्षको सप्तरीको सदरमुकाम राजविराजस्थित राजदेवी मंदिरमा लाग्ने मेला समेत स्थागित हुदा अहिले मंदिर सुनसान रहेको जनाइएको छ ।