न्यायाधीशहरु र बारका प्रतिनिधिबीच सर्वोच्चमा छलफल हुँदै – Nagarikabhiyan : National News

न्यायाधीशहरु र बारका प्रतिनिधिबीच सर्वोच्चमा छलफल हुँदै

काठमाडौं ।
सर्वोच्च अदालतका न्यायाधीशहरु र नेपाल बार एशोसिएशन तथा सर्वोच्च बार एशोसिएशनका प्रतिनिधिबीच छलफल हुने भएको छ ।

प्रधानन्यायाधीशको अनुपस्थितिका बाबजुद वरिष्ठतम् न्यायाधीशलाई कायम मुकायम नतोकिएको भन्दै बार एशोसिएशनले आपत्ति जनाएपछि बारका प्रतिनिधि र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच बिहीबार छलफल हुन लागेको हो ।

बार एशोसिएशनले बुधबार विज्ञप्ति जारी गर्दै वरिष्ठतम् न्यायाधीशलाई कायम मुकायम तोक्न माग गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्वस्थताका कारण अदालतमा उपस्थिति नभए पनि कायम मुकायम नतोकेका कारण बारले आपत्ति जनाएको हो ।कायम मुकायम नतोकिएकै कारण बार एशोसिएशनले बुधबार बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएपछि अन्य मुद्दाहरुको सुनुवाइ प्रभावित भएको थियो ।