‘ओमिक्रोनका कारण धेरै नआत्तिनुस्, खोपले गम्भीर संक्रमणबाट बचाउँछ’ – Nagarikabhiyan : National News

‘ओमिक्रोनका कारण धेरै नआत्तिनुस्, खोपले गम्भीर संक्रमणबाट बचाउँछ’

काठमाडौं । खोप निर्माता कम्पनी बायोइन्टेकका प्रमुख कार्यकारी अधिकृतले नयाँ कोभिड भेरियन्टका कारण धेरै नआत्तिन आग्रह गरेका छन् ।

बायोइन्टेकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उगुर सहिनले एक अन्तर्वार्तामा नयाँ ओमिक्रोन भेरियन्टका कारण धेरै नआत्तिन आग्रह गरेका हुन् । ‘धेरै नआत्तिनु होला, योजना यथावत छ , तेस्रो बुस्टर डोजलाई तीब्रता दिनुहोस्’, वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा सहिनले भने, ‘हालका लागि हाम्रो सन्देश यही हो ।’