लाइसेन्सको परीक्षा पास भएका ७ लाखभन्दा बढी सेवाग्राहीले कहिले पाउँछन् स्मार्ट लाइसेन्स ?
१४ मंसिर २०७८, मंगलवार १४:०८
काठमाडौं । यातायात व्यवस्था विभागले डेढ वर्षपहिले खरिद गरेको स्मार्टकार्ड आएको एकसाता भयो । वर्षौदेखि प्रतीक्षारत लाखौँ सेवाग्राहीले स्मार्ट लाइसेन्स नपाउँदा रसिदकै भरमा सवारी चलाउन बाध्य छन् ।
विभागले केही दिनमै स्मार्ट लाइसेन्स छाप्न सुरु गर्ने बताउँदै आए पनि अहिलेसम्म सुरु गर्न सकेको छैन । पहिलो चरणको कोरोना महामारीपछि स्मार्ट लाइसेन्स वितरण नहुँदा ७ लाखभन्दा बढी सेवाग्राहीले लाइसेन्स पाउन सकेका छैनन् ।
विभागका महानिर्देशक नमराज घिमिरे सम्भव भएसम्म अर्को सातादेखि सहजै स्मार्ट लाइसेन्स वितरण गर्ने गरी तयारी भइरहेको बताउँछन् ।
‘‘१४ लाख स्मार्टकार्ड मंसिर ८ गते आइपुगेको छ । आज ल्यावटेष्टका लागि पठाउँछौँ । यसमा स्मार्टकार्डको क्वालिटी चेक हुन्छ । यसमा केही समय लाग्ला । त्यसपछि छपाइ सुरु गरेर वितरण थाल्छौँ । सम्भवतः अर्को सातादेखि वितरण सुरु गर्छौं,” महानिर्देशक घिमिरेले भने ।
विभागले लाइसेन्स वितरणमा पहिलेजस्तो समस्या पटक–पटक दोहोरिन नदिन गृहकार्य गरिरहेको जनाएको छ । विभागले वितरण गर्दै आएको स्मार्ट लाइसेन्सको सर्भर भारतीय मुद्रास प्रिन्टस कम्पनीले नियन्त्रण गर्छ । उक्त सर्भर आफ्नो मातहत ल्याएर विभागले नै नियन्त्रण गर्ने तयारी छ ।
लामो समयदेखि उक्त सर्भरमा विभिन्न प्राविधिक समस्या देखा पर्दै आएका छन् । जसका कारण विभागबाट प्रदान हुने सेवा बीचमै प्रभावित बन्दै आएको छ ।
महानिर्देशक घिमिरेका अनुसार भारतीय कम्पनीको नियन्त्रणमा रहेको सर्भर विभागले नियन्त्रण गर्ने प्रक्रिया अघि बढाइएको छ । अबको एकदुई सातामा उक्त सर्भर विभागको नियन्त्रणमा आइसक्ने महानिर्देशक घिमिरेको भनाइ छ । त्यसपछि विभागमा पटकपटक देखा पर्ने समस्या समाधान गरेर बीचमा सेवा नरोकिने गरी सेवाग्राहीको चाप घटाउँदै लैजाने योजना छ ।
‘‘सेवाग्राहीले विभिन्न किसिमका प्राविधिक समस्याहरु झेल्दै आएका छन् । यसका लागि विभिन्न काम गरिरहेका छौँ । अब पहिले जस्तो झण्झट हुँदैन । अहिले पनि विभिन्न समस्याहरु सुधार गरिसकेका छौँ,” महानिर्देशक घिमिरेले भने ।
विभागले कोरोना महामारीका कारण समयमै स्मार्टकार्ड ल्याएर वितरण गर्न नसकिएको बताउँदै आएको छ । कोरोना महामारी पछि मात्रै ट्रायल परीक्षा पास गरेका सात लाख सेवाग्राही स्मार्ट लाइसेन्सको पर्खाइमा छन् । दोस्रो चरणको कोरोना महामारीका कारण रोकिएका ६ लाख आवेदकको परीक्षा सञ्चालन भइरहेको छ । विभागले ६ लाख मध्ये तीन लाख सेवाग्राहीको परीक्षा लिइसकेको छ ।
यी सेवाग्राहीलाई पनि विभागले स्मार्ट लाइसेन्स वितरण गर्ने जनाएको छ । प्राथमिकताका आधारमा विभागले लाइसेन्स वितरण गर्नेछ ।
विभागले हाल अत्यावश्यक काम गर्न विदेश जाने विद्यार्थी, सर्वसाधारणका लागि मात्रै लाइसेन्स वितरण गरिरहेको छ । विभागका अनुसार कोरोना महामारी सहज हुँदै जाँदा ड्राइभिङ लाइसेन्स निकालेर विदेश जानेको संख्या बढेको छ । महानिर्देशक घिमिरले पछिल्लो समय अत्यावश्यक काममा करिब ५० हजार जनालाई लाइसेन्स उपलब्ध गराएको जानकारी दिए ।
विभागले ६ महिनापछि लाइसेन्सका लागि नयाँ आवेदन खुलाएको थियो । आवेदन खुलाए यता करिब १० लाख जना सेवाग्राहीले आवेदन दिइसकेका छन् । पुराना आवेदकहरुको परीक्षा नसकिएकाले नयाँ आवेदकले अर्को वर्ष मात्रै परीक्षा दिन पाउने विभागले जनाएको छ ।
विभागले खरिद गरेका १४ लाख स्मार्ट लाइसेन्स सेवाग्राहीको चाप अनुसार पर्याप्त छैन । १४ लाख स्मार्टलाइसेन्स वितरण सकिएपछि विभागले पुनः स्मार्टकार्ड आह्वान गर्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया