सरकारले गर्‍यो १० सचिवको एकैपटक सरुवा, को कहाँ पुगे ? – Nagarikabhiyan : National News

सरकारले गर्‍यो १० सचिवको एकैपटक सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले एकै पटक दशजना सचिवको सरूवा गरेको छ। सोमबार बेसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालयका दशजना सचिवको सरूवा गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालालाई शिक्षा मन्त्रालयमा पठाइएको छ । उनको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव महेश्वर न्यौपाने आएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एक नारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरूवा गरिएको छ भने उनको ठाउँमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारी गएका छन् ।

त्यस्तैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव राम प्रसाद थपलियालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाइएको छ ।

सहरी मन्त्राललयका सचिव रमेश सिंहलाई अतिरिक्तमा राखिएको छ भने उर्जा आयोगका सचिव मणिराम गेलालाई सशरी विकास मन्त्रालयमा ल्याइएको छ ।

त्यस्तैगरि वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोगमा लगिएको छ भने उनकोे ठाउँमा प्रधानमन्त्री कार्यालयका सचिव भरतमणी सुवेदीलाई पठाइएको छ । उनीहरूले आज मंगलबार सरूवापत्र बुझ्ने जनाइएको छ । यसको दुई दिनपछि मन्त्रालयमा हाजिर गर्नेछन् । उनीहरूले आज मंगलबार सरूवापत्र बुझ्ने जनाइएको छ । यसको दुई दिनपछि मन्त्रालयमा हाजिर गर्नेछन् ।