सकियो एमाले उम्मेदवारी दर्ताको समय, अन्तिम नामावली प्रकाशन हुँदै – Nagarikabhiyan : National News

सकियो एमाले उम्मेदवारी दर्ताको समय, अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं । नेकपा (एमाले)को पदाधिकारी, केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता मनोनयको समय समय सकिएको छ ।
उम्मेदवारी दर्ता समय सकिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशनको तयारी गरिएको छ ।

सोमबार बिहान ८ बजेदेखि १० बजेसम्मका लागि तोकिएको समयमा विभिन्न पदमा आकांक्षीहरूले उम्मेदवारी दर्ता गराएका छन् ।अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा ओलीबाहेकेका समूहबाट घनश्याम भुसालले उम्मेदवारी दिएका छन् । एमाले दशौं महाधिवेशन निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर उजुरी आह्वानको तयारी गरेको छ ।