भूमि आयोगका अध्यक्ष महाधिवेशन प्रतिनिधिमै पराजित
१० मंसिर २०७८, शुक्रबार ११:०३
विराटनगर । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
१४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ३ बाट निरौला पराजित भएका हुन् । प्रतिनिधिसभा निर्वाचनमा उनले २०९ मत प्राप्त गरे । सो क्षेत्रबाट प्रदेश–१ का सांसद शेखरचन्द्र थापा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
क्षेत्र नम्बर ३ मा खुलातर्फबाट नगेन्द्रप्रसाद कट्टेल, वसन्त भट्टराई, महेन्द्रप्रसाद सुवेदी, मानबहादुर लिम्बू, राजकुमार लिम्बू, ललितबहादुर श्रेष्ठ, लोकप्रसाद संग्रौला, सुनिल शर्मा, सूयर्माराज राई र सञ्जय भट्टराई महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । क्षेत्र नम्बर ३ मा गणेश खड्का सभापतिमा विजयी भए । खड्का संस्थापन इतर समूहका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया