कारोबार हुने साताको अन्तिम दिन पनि घट्यो सेयर
१० मंसिर २०७८, शुक्रबार ११:००
विराटनगर । कारोबार हुने हप्ताको अन्तिम दिन बिहीबार सेयर बजार सामान्य घटेको छ ।
सेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २२ अंकले घटेर दुई हजार सात सय ३१ दशमलव ७८ विन्दुमा झरेको छ । बिहीबार बैंकिङ, होटल र अन्यबाहेक सबै समूहको शेयर घटेको छ । आज विकास बैंक, बीमा, व्यापार र बीमा समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।आज दुई सय ३३ कम्पनीका ७४ लाख ८६ हजार कित्ता शेयर तीन अर्ब ७८ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै नेपाल टेलिकमको २६ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बिहीबार मानुषी लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै सात प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि समृद्धि फाइनान्सको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया