बसमा आगलागी हुँदा कम्तीमा ४५ जनाको मृत्यु – Nagarikabhiyan : National News

बसमा आगलागी हुँदा कम्तीमा ४५ जनाको मृत्यु

बुल्गेरिया । बुल्गेरियामा बस दुर्घटना र आगलागीमा परी १२ बालबालिकासहित कम्तीमा ४५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

राजधानी सोफियादेखि दक्षिण पश्चिमको गाउँ बोस्नेकनजिकै स्थानीय समयानुसार बिहान २ बजेतिर बस दुर्घटना भएको थियो । उत्तर म्यासेडोनियामा दर्ता भएको उक्त बसले टर्कीबाट फर्किएका पर्यटकहरू बोकेको थियो ।

सातजनालाई जलेको अवस्थामा अस्पताल लगिएको थियो । उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ । बुल्गेरियाका अधिकारीहरूले बसमा आगलागी हुनुको कारणबारे अनुसन्धान सुरु गरेको बताएका छन् । बसमा १२ बालबालिकासहित ५२ जना रहेको विश्वास गरिएको छ ।