कर्मचारीहरु समयमा नआउदा सेवाग्राहीलाई सास्ती – Nagarikabhiyan : National News

कर्मचारीहरु समयमा नआउदा सेवाग्राहीलाई सास्ती

विराटनगर ।  विराटनगर महानगरपालिका वडा नम्बर १८ का कर्मचारीहरु मस्तीमा काम गरिरहँदा जनताहरु भने सास्ती भोग्न बाध्य भएका छन् ।  महानगरपालिका अन्तर्गत रहेको १८ नम्बर वडा कार्यालयका कर्मचारीहरु गैह्रजिम्मेवार तरिकाले कार्य गर्दा त्यहाँ सेवालिन आउने सेवाग्राहीलाई दुःख झेल्नु परेको छ । वडाका कर्मचारीहरु समयमा कार्यालय नआउँदा सानो काम गराउन आएका सेवाग्राहीहरु पनि हप्तौ सम्म धाउनु परेको गुनासो सुनिन थालेको छ ।

विभिन्न बहाना बनाएर कर्मचारीहरु घर बस्ने र कार्यालय समयमा आफ्नो व्यक्तीगत कार्यमा व्यसत हुँदा जनताहरुको काम समयमा हुन नसकेको सेवा लिन आएका शंकर क्रषिदेवले बताए । उनले एउटा काम गराउन हप्तौ सम्म धाउनु पर्ने समस्याबाट जनता आजित भएको समेत सुनाए । त्यहाँ आएका प्राय सबै सेवाग्राहीहरु कर्मचारीकै कार्यशैलीका कारण दुख भोग्नु परेको गुनासो गरे ।

त्यती मात्र नभई सोही कार्यालयमा कार्यरत अरु कर्मचारीले समेत राम्ररी काम गर्न सेकेको छैन । वडा कार्यालयका सचिव शम्भु प्रसाद शाहले कार्यकक्षमै ताला लगाएर जादाँ सोही कक्षमा बसेर काम गर्ने अन्य दुई जना कर्मचारीले बाहिर बसेर कार्यालय समय बिताउन बाध्य भएका छन् । सचिव शाहकै कार्यकक्षमा बसेर काम गर्ने समाजिक परिचालिका अञ्जना अधिकारी र कमप्युटर अपरेटर नविण शाहले काम गर्न नपाई कार्यालय बाहिर बसेर समय बिताएका थिए ।

यता कार्यालयका खरिदार संतोष बैठाले छोरा बिरामीको बहाना बनाएर भैपरी बिदा लिएर घर बसेको कार्यवाहक वडा अध्यक्ष राजदेव यादवले जानकारी दिए । तर उनका अनुसार भैपरी बिदा लिएर घर बसेका खरिदार पछि आफ्नो व्यक्तीगत कार्यले विराटनगर महानगरपालिकाको मुख्यालयमा रहेको खुलेको थियो ।  वडा कार्यालयको यस्तो कार्यशैलीप्रती रुष्ट बनेका स्थानियहरु वडा कार्यालय परिसरमा विरोध समेत जनाएका थिए ।

कार्यबाहक वडा अध्यक्ष राजदेव यादव

सो वडाका कार्यबाहक वडा अध्यक्ष राजदेव यादवले आफ्नो कर्मचारीहरु गल्ती गरेको स्विकार गरे ।  उनले आफु कडा रुपमा प्रस्तुत हुन नसक्दा कर्मचारीहरुले मनोमानी गरेको बताए । यादवले  लापरबाही गरेका कर्मचाहरीहरुबारे महानगरको मुख्यालयमा जानकारी गराउने र कार्यालयको कार्यशैली सुधार्ने प्रतिबद्धमता समेत व्यक्त गरे ।