राष्ट्रियसभा निर्वाचनमा गठबन्धन बनाएर अगाडी बढ्छौंः नेपाल – Nagarikabhiyan : National News

राष्ट्रियसभा निर्वाचनमा गठबन्धन बनाएर अगाडी बढ्छौंः नेपाल

धनुषा । सत्ता पक्षिय दलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन बनाएर अगाडी बढ्ने तयारी गरेका गरेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनाइने बताएका छन् ।

आज धनुषाको जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले सत्तारुढ गठबन्धनबीच लामो सहकार्य हुने र उपनिर्वाचनमा पनि साझा उम्मेदवार बनाइने बताए ।

चरण चरणमा निर्वाचन गर्दा मुलुकमा आर्थिक भार पर्ने भएकाले तीनै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त हुने नेता नेपालको सुझाब रहेको थियो । न्यायपालिकामा देखिएको समस्यालाई तत्काल समाधान गर्नुपर्नेमा पनि उनले जोड दिए ।