शेयर बजारमा ३२ अंकको गिरावट हुँदा ६ अर्बको कारोबार
२ मंसिर २०७८, बिहीबार १६:००
विराटनगर । साताको पहिलो कारोबार दिनदेखि लगातार बढेको शेयर बजार नेप्से परिसुचकमा कारोबारको अन्तिम दिन बिहीबार भने दोहोरो अंकको गिरावट आएको छ ।
यो साता सुरुवातबाटै बढेको बजार कारोबार हुने अन्तिम दिन बिहीबार भने ३२.३९ अंकले घटेको छ । परिसूचक २७६९.१३ विन्दुमा रोकियो । बिहीबार कारोबार रकम सवा ६ अर्ब पुगेको छ । घटेको बजारमा कारोबार समेत बुधबारको तुलनामा कम भएको छ । बिहीबार कुल २२४ वटा कम्पनीको ७० हजार ३७ वटा कारोबार भयो । यी कारोबारबाट ९८ लाख ६२ हजार ९ सय ४० कित्ता शेयर किनबेच भएको छ । बिहीबारको कारोबार रकम भने ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २ सय ३० रहेको छ ।
बिहीबार सबैभन्दा बढी कमाउने मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहे । यो कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लाग्यो । तेह्रथुम पावर कमपनीको कारोबारसमेत सर्किट लेबलमा भयो । धेरै गुमाउने लगानीकर्ता भने मैलुङ खोला जलविद्युत कम्पनीका रह्यो । बिहीबार नेपाल टेलिकमको सबैभन्दा बढी ६० करोड रुपैयाँ बराबरको कारोबार भयो । महालक्ष्मी विकास बैंक र माथिल्लो तामाकोशीसमेत बढी कारोबार हुने कम्पनीको सूचीमा शीर्ष स्थानमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया