गोरखापत्रकर्मी यादव सहित पाँच पत्रकारलाई सम्मान
२२ कार्तिक २०७८, सोमबार १६:२१
सुनसरीको भोक्राहा नर्सिंह गाउँपालिकामा नेकपा एमालेको प्रथम गाउँ कमिटि अधिवेशनको अवसरमा गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादव सहित पाँच जना पत्रकारलाई सम्मानित गरेको छ ।
सोमबार नेकपा एमालेले आफ्नो प्रथम गाउँपालिका अधिवेशनको अवसरमा पत्रकार यादव सहित रिर्पोटर्स क्लवका सचिव शशि कोईराला, प्रेस युनियनका इनरुवा अध्यक्ष टोमराज मेहता, पत्रकार लुकमान अंसारी र अजमल अंसारीलाई प्रेस तथा स्वतन्त्राताको रक्षा र पत्रकारितामा क्रियासिल रही सूचनाको हकको प्रत्याभुती गराउन योगादन गरेको भन्दै सम्मान गरेको हो । नेपाली पत्रकारिताको गतिविधीलाई ब्यापक र प्रभावकारी बनाउन समेत योगदान पुर्याएबापत नेपाल कम्युनिष्ट पार्टी (एमाले) गाउँ कमिटिले पत्रकार सम्मान गरेको पालिकाका पार्टी अध्यक्ष राम कुमार मेहताले जानकारी दिनुभयो । सम्मानितहरुलाई विषेश अथिति एमाले केन्द्रिय परिषद सदस्य खेमराज पोखरेलले सम्मान पत्र र दोसल्लाले सम्मान गर्नुभएको थियो । यसैबीच कार्यक्रमका प्रमुख अथिति निवर्तमान मूख्य मन्त्रि भिम प्रसाद अचार्यले देशको विकास र समृद्धिका लागी एमाले बाहेकको विकल्प नरहेको दावी गर्नुभयो । पार्टीमा प्रभाविधिक गडबडीका कारणले केही समस्या भएपनि आउने निर्वाचनमा तीनै तहमा बहुमत प्राप्त गर्ने जिकिर गर्नुभयो । त्यसैगरी पूर्व उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्रि जगदिश कुशियैतले जनताको पार्टी एमाले नै भएको दावी गर्नुभयो । अधिवेशसनमा पार्टीका खेमराज पोखरेल, तैयब हुसैन, अजय कुशयैत, पार्टी जिल्ला सचिव प्रशुराम यादव, नेता सरोज पोखरेल,लशकरी अन्सारी, जितेन्द्र खेरवार, सरोज सिंह, डीवी शाह शंकर, रमेश यादव, बस्नेत मण्डल सहितको सहभागिता रहेको थियो ।


१, सुनसरीको भोक्राहा नर्सिंह गाउँपालिकामा नेकपा एमालेको प्रथम गाउँ कमिटि अधिवेशनको अवसरमा गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादव सहितका पत्रकारलाई सम्मानित गर्दै ।
तस्बिर पनि छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया