विराटनगरको खदम खोला किनारमा युवकको शव भेटियो – Nagarikabhiyan : National News

विराटनगरको खदम खोला किनारमा युवकको शव भेटियो

विराटनगर । विराटनगरमा शनिबार बिहान एक युवकको शव फेला परेको छ। विराटनगर महानगरपालिका-१६ स्थित दरैया मुसहरी वस्ती नजिक खदम खोला किनारमा करिब २५/२६ वर्षका युवकको शव फेला परेको हो ।

कालो रंगको टि-सर्ट र कालै रंगको ट्राउजर लगाएको, गोरो अनुहार, कालो कपाल, पाँच फिट चार इन्च उचाइ,  घाटीमा गणेशको टाउको भएको खैरो रंगको माला लगाएको र बायाँ कानमा पहेँलो धातुको कुन्डल लगाएका व्यक्तिको शव भेटिएको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि कोशी अस्पतालको शव गृहमा राखिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।