विद्युत सट भइ आगलागी हुँदा डेढ करोड बराबरको क्षति
१९ कार्तिक २०७८, शुक्रबार १२:३२
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१२ डिएमग्रेटस्थित ऊँ रौतारानी हाउस एन्ड सप्लार्यस तथा रिकन्डिसन हाउसमा लक्ष्मीपूजाको रात विद्युत सट भई आगलागी भएको छ । राति करिब १२ः४५ बजेतिर एक्कासी विद्युत सट भएर आगलागी भएको हो ।
त्रियुगा नगरपालिका–१२ डिएमग्रेटस्थित किस्मत अलीको घर भाडामा लिई ऊँ रौतारानी हाउस एन्ड सप्लार्यस तथा रिकन्डिसन हाउस सञ्चालन गर्दै आएको टेकबहादुर दाहाल र राजकुमार राउतको पसलमा आगलागी भएको हो । साँझ दिपावली गरेर हिँडेका उनीहरुको पसलमा एक्कासी विद्युत सट भई आगलागी भएको स्थानीले बताए ।
राति अचानक आगलागी भएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । स्थानीयबासी, प्रहरी, बारुद यन्त्रको सहयोगमा ३ घन्टापछि आगो नियन्त्रणमा लिएको जनाएका छन् ।
आगलागीबाट ३५ वटा मोटर साइकल, ३ वटा ल्यापटप, सिसि क्यामेरा, प्रिन्टर, मोटर पार्ट्सका सामान, मेसिन लगायतका करिब १ करोड ५० लाख भन्दा बढीको क्षति भएको सञ्चालक टेकबहादुर दाहालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया