तारा एयरले पोखरा-नेपालगञ्ज उडान शुरु गर्ने
१७ कार्तिक २०७८, बुधबार १५:००
काठमाडौं । तारा एयरले पर्यटकीय नगरी पोखरा र नेपालगञ्जमा प्रादेशिक उडान गर्ने भएको छ ।तारा एयरले नोभेम्बर ५ तारिखदेखि सातामा ३ दिन उडान गर्ने भएको छ । कम्पनीका अनुसार सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ । कम्पनीले पोखरा–नेपालगञ्ज विहान ११ः३० बजे र नेपालगञ्ज–पोखरा ३ः३० बजे उडान गर्नेछ ।
कम्पनीका अनुसार हवाई टिकटको शुल्क ग्रीन फेयरमा ४५२५ रुपैयाँ, एल्लो फेयरमा ५०२५ रुपैयाँ र नर्मल फेयरमा ५४४५ रुपैयाँ पर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया