मध्य भोटेकोशीको आईपीओ बाँडफाँट – Nagarikabhiyan : National News

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट

काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँट भएको छ । माग भन्दा चार गुणाभन्दा बढी आवेदन परेको कम्पनीको आईपीओ गोलाप्रथामार्फत बाँडफाँट गरिएको हो ।

कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा शुक्रवार बिहान भएको बाँडफाँटमा गोलाप्रथा मार्फत ८ लाख १९ हजार जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

कुल २३ लाख ९० हजार २१८ जनाले आवेदन दिएकोमा ९५ हजार ७२२ जनाको आवेदन रद्द भएको थियो । गोलाप्रथामा २२ लाख ९४ हजार ४९६ जना आवेदकलाई सहभागी गरिएको थियो ।