साहस ऊर्जा र तेह्रथुम पावर कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत
११ कार्तिक २०७८, बिहीबार १५:३८
काठमाडौं । साहस ऊर्जा र तेह्रथुम पावर कम्पनीको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ ।
नेप्सेका अनुसार साहस उर्जाको ३ करोड ५० लाख कित्ता र तेह्रथुम पावरको ४० लाखगरी ३ करोड ९० लाख कित्ता शेयर धितोपत्र बजारमा थपिएको छ ।
साहस उर्जाले ७० लाख सर्वसाधारण र ३५ लाख स्थानीयलाई गरी कुल १ करोड ५ लाख कित्ता र तेह्रथुम पावरले ८ लाख कित्ता शेयर सर्वसाधारणमा र ४ लाख कित्ता शेयर स्थानीय बासिन्दालाई गरी १२ लाख कित्ता शेयर जारी गरेको थियो ।
तेह्रथुम पावरले असोज६ देखि १० गतेसम्म सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशत अर्थात ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर जारी गरेको हो । जसमध्ये ५ प्रतिशत (३ लाख ५० हजार कित्ता) शेयर सामूहिक लगानी कोषलाई र २ प्रतिशत (२ लाख १० हजार कित्ता) शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएर बाँकी ६४ लाख ४० हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुबाट आवेदन मागिएको थियो । उक्त शेयरको बाँडफाँड असोज १७ गते शुक्रबार बाँडफाँड भएको थियो ।
तेह्रथुम पावरले भदौ ९ गतेबाट सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर जारी गरेको हो । जसमध्ये ५ प्रतिशत (४० हजार कित्ता) शेयर सामूहिक लगानी कोषलाई र २ प्रतिशत ९१६ हजार कित्ता) शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएर बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुबाट आवेदन मागिएको थियो । उक्त शेयरको बाँडफाँड भदौ २५ गते शुक्रबार बाँडफाँड भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया