सर्वोच्चमा आज कुनै पनि सुनुवाइ नहुने – Nagarikabhiyan : National News

सर्वोच्चमा आज कुनै पनि सुनुवाइ नहुने

काठमाडौँ । सर्वोच्च अदालतमा आज (बिहीबार) कुनै पनि सुनुवाइ नहुने भएको छ । पूर्व न्यायाधीश भैरव प्रसाद रिसालको निधनको शोकमा सर्वोच्चमा बिहीबार कुनै पनि मुद्दाको सुनुवाइ नहुने भएको हो । रिसालको बिहीबार बिहान निधन भएको थियो भने उनको निधनप्रति शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बैठक बोलाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिहीबार आफ्नै एकल इजलासमा मुद्दाको पेसी तोकेका थिए ।