नेकपा स्थायी कमिटीको बैठक बस्दै, यस्ता छन् छलफलका विषय
११ कार्तिक २०७८, बिहीबार ०८:४१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज बिहिबार बस्दै छ। अपरान्ह ४ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिकाबारे समेत छलफल हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
पार्टीको आन्तरिक गतिविधि तथा हालै सम्पन्न वडा तथा पालिका अधिवेशनबारे छलफल हुने तामाङले बताए।
पार्टीको आन्तरिक गतिविधि तथा हालै सम्पन्न वडा तथा पालिका अधिवेशनबारे छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बोलाइएको पार्टी कार्यालय सचिव तामाङले बताए।
बैठकमा मुख्यगरी वडा तथा पालिका अधिवेशनको समीक्षा तथा राष्ट्रिय महाधिवेशनको कार्यतालिकाको विषयमा छलफल हुने अजेन्डा तय भएको तामाङले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया