नेकापा माओवादी केन्द्रको सम्वेदना
८ कार्तिक २०७८, सोमबार १८:३५
सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका १ का आदरणीय डाक्टर सोमतराज बस्नेतको निधन प्रति नेकपा माओवादी केन्द्र सुनसरीले गहिरो दुख व्यक्त गर्दै श्रद्धाञ्जली सहित सोकाकुल परिवारमा समबेदना ब्यक्त गरेको छ । निधन भएका बस्नेतका पाँच छोरा बुहारीको बीचमा १ मिनेट मौन धारण सहिच इनरुवा क्षेत्रको पहुँचमा रहेका ग्रामिण बस्तीमा स्वास्थ्य उपचारसेवामा आम मानिसको अन्तरमनबाटै उच्च बिश्वास आर्जन गर्नुभएका बस्नेत प्रति भावपूर्ण श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारजनमा गहिरो समबेदना ब्यक्त गर्दै सम्वेदना पत्र हस्तान्तरण गरेको पार्टीले जनाएको छ ।
पार्टीका जिल्ला संयोजक योगेन्द्र प्रसाद मण्डल(पप्पु), इनरुवा संयोजक रमेश भट्टराई, नगर इन्चार्ज ओके दाहाल, संघीय सासद रामकुमारी चौधरी, पूर्व सभासद सन्तोश थारु(विश्व), पार्टीका शंकार सापकोटा, सुधिर गुप्ता सहितको उपस्थितीमा बस्नेत प्रति भावपूर्ण श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारजनमा गहिराे समबेदना ब्यक्त गर्दै सम्वेदना पत्र हस्तान्तरण गरेको थियो ।
पार्टीको नेताहरुसगैं इनरुवा उपप्रमुख जमुना गौतम पोखरेल, पत्रकार जयकृष्ण यादव , प्रमोद यादव सहितको उपस्थिती रहेको पार्टीले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया