बाढीले सुनसरीमा ३ जनाको मृत्यु, डुवानमा ६ जना बेपत्ता
३ कार्तिक २०७८, बुधबार १६:१९
आइतबार देखि परेको अविरल बर्षासंगै आएको बाढीले सुनसरीमा बुधबार मात्र ३ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।
डुबेर मृत्यु हुनेमा धरान उपमहानगरपािलका ६ का ७२ बर्षिय बिष्णु सुनार, इटहरी ३ का चन्द्रमणी काफ्ले र धरान ११ का भोगेन्द्र राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
त्यसैगरी बाढीमा परेर ६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेत्तता हुनेमा इटहरी २ का रोशन बुढाथोकी, इटहरी ७ का कैलाश मण्डल, इटहरी २ का योगेन्द्र तिवारी, इटहरी ३ का राजकुमार राई, इटहरी ९ का बिनोद पराजुली र भोक्राहा नरसिंह गाउँपालिका ७ का कलर मण्डल रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिनुभयो । बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया