नासा ईन्भेष्टमेन्ट प्रालिको आयोजनामा देवानगंज पब्लिक स्पिकर सिजन–२ सम्पन्न
२ कार्तिक २०७८, मंगलवार १५:२९
देवानगंज । सुनसरीको देवानगन्ज गाउँपालिकामा देवानगंज पब्लिक स्पिकर सिजन–२ सम्पन्न भएको छ । सोमवार सम्पन्न भएको कार्यक्रममा देवानगंज गाउँपालिका वडा नम्बर ६ का शिवशंकर मेहताले प्रथम पुरस्कार जितेका छन् ।
नासा ईन्भेष्टमेन्ट प्रा.लि बिराटनगरको अयोजनामा सम्मपन्न भएको कार्यक्रममा शिवशंकर मेहता प्रथम, पप्पुकुमार राय दोस्रो , कल्पनाकुमारी मेहताले तेस्रो उपाधि हातपारेका छन् ।
सहभागीहरु मध्ये प्रथम हुनेलाई २१ हजार, दोस्रो हुनेलाई ११ हजार र तेस्रो हुनेलाई पाँच हजारको पुरस्कारसहित ट्रफ्री प्रमाणपत्र प्रदान गरिएको नासा ईन्भेष्टमेन्ट प्रा.लिका प्रमुख कार्यकारी अधिकृत अरविन्द मेहताले बताए ।
सम्पन्न कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी ,वि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानका प्रा. डा. रामशरण मेहता, सुनसरी बहुमुखी क्याम्पस इनरुवाका पुर्व क्याम्पस प्रमुख प्रकाश नेपाली ,पुर्वान्चल ईन्जिनियरिङ क्याम्पस धरानका पुर्व निमित क्याम्पस प्रमुख उद्वव श्रेष्ठ , महेन्द्र बहुमुखी धरानका सहायक क्याम्पस प्रमुख शकुल श्रेष्ठ, नेपाल पूँजीबजार लगानीकर्ता संघ सुनसरी संयोजक एकराज खनाल, देवानगंज गापा का उपाध्यक्ष पुनिता देवि यादव र वडा न. ३ का वडा अध्यक्ष अनिल भगत, जसपाका नेता रानकुमार मण्डल, भोजपुर रामप्रसादराइ गाउँपालिका अधिकृत बाबुनन्दन मेहता , पत्रकार बिरेन्द्र मेहता, रेडियो नागरिक बिराटनगरका प्रमुख अरबिन्द मेहता, जिल्ला अस्पताल सुनसरीका लेखापाल रन्जाय मेहता,समाजसेवी यूवा राजिव मेहता लागायको उपस्थिरहेको थियो
सोही कार्यक्रममा देवानगंज गापा भित्र सान मान र नाम कमाउन सफल व्यक्तित्व रामप्रसाद राई गापा भोजपुरका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता रभर्खरै न्याय सेवा तिर सरकारी वकिल बन्न सफल रामखेलौन मेहता र अरविन्द मेहता लगायत सम्पुर्ण विशिष्ट अतिथीहरु , अतिथिहरु लगायतलाई मायाको चिन्ह प्रदान गरि सम्मान गरिएको थियो ।
ईन्भेष्टमेन्ट प्रा.लि बिराटनगरले आयोजना गरिएको प्रतियोगितामा ६० जनाले भाग लिएकोमध्ये प्रतिस्पर्धामा आएका ३६ जनासहित सबैजनालाई अगामी दिनमा थप मिहिनेतका साथ प्रस्तुत हुन आयोजक संस्थाका अरबिन्द मेहताले शुभकामना ब्यत्त गर्नु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया